पोखरामा चोरीको स्कुटरसहित ५ जना पक्राउ

पाेखरा | कात्तिक १९, २०८२

पोखरामा चोरीको स्कुटरसहित ५ जना पक्राउ

पोखरा:   पोखराको विभिन्न स्थानबाट चोरी भएको स्कुटरसहित ५ जना युवक पक्राउ परेका छन् । 


जिल्ला प्रहरी कार्यालय कास्की मातहतबाट खटिएको प्रहरीको टोलीले चोरी भएको तीन वटा स्कुटर सहित ५ युवकलाई प्रक्राउ गरेको हो । 


ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीको टोलीले चोरी भएको ग ९ प ८७६१ र ग १५ प ५२३७ नम्बरको स्कुटरसहित ४ जना र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले ग ४ प ७६८४ नम्बरको स्कुटरसहित एकजना युवकलाई पक्राउ गरेको हो । 


प्रक्राउ पर्नेमा पोखरा महानगरपालिका ३३ बस्ने २१ वर्षीय शेरबहादुर पुन मगर, पोखरा ५ बस्ने २५ वर्षीय अजय नेपाली, पोखरा १० बस्ने २१ वर्षीय सुशिल गुरुङ, पोखरा ११ बस्ने २० वर्षीय सुदिप परियार र पोखरा १३ काहुँखोला बस्ने २७ वर्षीय रोशन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्